กิจกรรมจิตอาสาบำเพ็ญสาธารณประโยชน์และบำเพ็ญสาธารณกุศล เนื่องในวันคล้ายวันพระราชสมภพสมเด็จพระนางเจ้าสิริกิติ์ พระบรมราชินีนาถ พระบรมราชชนนีพันปีหลวง

วันที่นำเข้าข้อมูล 18 Aug 2026

วันที่ปรับปรุงข้อมูล 18 Aug 2026

| 50 view

काठमाण्डौस्थित थाई दूतावासले १२ अगस्ट २०२६ का दिन सम्माननीय बडामहारानी सिरिकित को जन्मोत्सव तथा थाईल्याण्डको मातृ दिवसको उपलक्ष्यमा जनहित तथा परोपकारी स्वयंसेवी कार्यक्रमको आयोजना गरेको छ। यस उपलक्ष्यमा दूतावासले 'Disabled Service Centre' (DSC) का अपाङ्गता भएका व्यक्तिहरूका लागि हस्तकला निर्माण सामग्रीहरू हस्तन्तरण गरेको छ। Disabled Service Centre सन् २०१४ मा स्थापना भएको एक नाफा रहित संस्था हो, जसले घरबारविहीन, सहाराविहीन वा आर्थिक रूपले विपन्न अपाङ्गता भएका व्यक्तिहरूलाई आश्रय र व्यावसायिक तालिम प्रदान गर्दै आएको छ। हाल यस केन्द्रको संरक्षणमा ४७ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्, जसले आफ्नो जीविकोपार्जनका लागि भेडाको ऊनबाट विभिन्न घरेलु तथा घर सजावटका सामानहरू उत्पादन गरी बिक्री गर्दै आएका छन्।

 

 

393807